सर्बियाको संसद्मा विपक्षी सांसदहरूको धुवाँ ग्रिनेड प्रहार, तीन घाइते

221 Shares

बेओग्राड । सर्बियाको संसद्मा विपक्षी सांसदहरूले धुवाँ निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि संसद्भित्र कोलाहल मच्चिएको छ । संसद् बैठक चलिरहेका बेला विपक्षी सांसदहरूले धुवाँ ग्रिनेड प्रहार गरेको बीबीसीले जनाएको छ ।

विद्यार्थीहरूद्वारा भइरहेका विरोध प्रदर्शनको समर्थन गर्दै विपक्षीहरूले सरकारविरुद्ध आवाज उठाएका थिए । उनीहरूले संसद्भित्र प्रदर्शन गर्न खोज्दा सुरक्षाकर्मीसँग झडप भएको हो ।

झडपका क्रममा तीन सांसद घाइते भएका छन् भने एक जनालाई हृदयाघात भएको र उनको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

चार महिनाअघि रेल स्टेशनको छाना खस्दा १५ जनाको मृत्यु भएपछि सर्बियामा विद्यार्थीहरू आन्दोलनरत छन् । उनीहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सरकारको विरोध गरिरहेका छन् ।

आन्दोलन तीव्र बन्दै गएपछि सत्तापक्षले पश्चिमा गुप्तचर निकायहरूले सरकार कमजोर बनाउन प्रदर्शनलाई उक्साएको आरोप लगाएको छ ।

सम्बन्धित समाचार

सबै