अमेरिकाको गाजा योजनाको सट्टा अरब नेताको अरब योजना स्वीकृत

230 Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा पुनर्निर्माण योजनाको विकल्पका रूपमा अरब नेताहरूले ५३ अर्ब डलरको छुट्टै अरब योजना स्वीकृत गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले गाजालाई अमेरिकी नियन्त्रणमा लिने र गाजा पुनर्निर्माणका लागि झण्डै २० लाख प्यालेस्टाइनीहरूलाई निष्कासन गर्ने योजना प्रस्तुत गर्नुभएको थियो । ट्रम्पको यो योजनालाई अरब राष्ट्रहरूले पूर्ण रूपमा अस्वीकार गरेका बीबीसीले जनाएको छ ।

अरब लिगका महासचिव अहम अबुल घैथले अरब योजना घोषणा गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पको योजना उल्लेख नै नगरि स्वैच्छिक वा जबरजस्ती कुनै पनि प्रकारको विस्थापन अस्वीकार गर्ने अडानलाई दोहोर्‍याउनुभएको छ ।

इजिप्टले ९१–पृष्ठको विस्तृत योजना प्रस्तुत गरेको छ जसमा हरियो क्षेत्र र ठूला सार्वजनिक भवनहरूको योजना समावेश छ । झण्डै डेढ वर्ष लामो हमास–इजरायल युद्धमा गाजा पट्टीका ९० प्रतिशत घर, भवन र सार्वजनिक ठाउँ ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घको अनुमान छ ।

सम्बन्धित समाचार

सबै