सरकारले अख्तियारसँग सम्बन्धित विधेयकमा परिमार्जन गर्ने तयारी

269 Shares

मन्त्रिपरिषदले नीतिगत बाहेकका निर्णयमा भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्न पाउने गरी राष्ट्रिय सभाले अख्तियारसँग सम्बन्धित विधेयकमा गरेको परिमार्जनमा सरकार हेरफेर गर्ने तयारीमा छ।

तर सरकारले कस्तो हेरफेर गर्ने हो भन्नेबारे सार्वजनिक जानकारी आएको छैन। नेपाली कांग्रेस र नेकपा एमालेको शुक्रबारको बैठकमा नीतिगत निर्णयसँग सम्बन्धित राष्ट्रिय सभाको व्याख्यामा परिमार्जन गर्ने सहमति गरिएको छ।

गृहमन्त्री रमेश लेखकलाई परिमार्जन गर्ने जिम्मा दिइएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले केही शब्द हेरफेर गर्ने निर्णय भएको जानकारी दिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनको संशोधनका लागि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफल भइरहेको विधेयकमा राष्ट्रिय सभाको व्याख्यामा असहमतिपछि परिमार्जनको प्रस्ताव गरिएको हो। अब छिट्टै विधेयक टुंगो लाग्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित समाचार

सबै