ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा चर्को बहस, शान्तिको सवालमा मतभेद

276 Shares

काठमाडौं – शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको भेटवार्ता चर्को बहसमा परिणत भएको छ।

ट्रम्पले जेलेन्स्कीलाई शान्ति नचाहेको आरोप लगाउँदै सम्झौता नगरेमा अमेरिका युद्धबाट बाहिरिने चेतावनी दिएका थिए। युक्रेन र रूसबीचको युद्धको बारेमा ट्रम्पले जेलेन्स्कीको आलोचना गर्दै भने, “उनी अमेरिकासँगको सहयोगलाई अनादर गर्दै शान्ति चाहिँदैनन्।”

भेटका क्रममा अमेरिकाका लागि युक्रेनी राजदूत ओक्साना मार्कारोभा तनावपूर्ण अवस्थामा देखिएकी थिइन्। ट्रम्प र जेलेन्स्कीबीचको विवादपछि पत्रकार सम्मेलन रद्द गरिएको र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर जान निर्देशन दिइएको थियो।

सम्बन्धित समाचार

सबै