भ्रष्टाचारको मामिलामा गन्हाईसकेका लेखा प्रमुख मालीको दर्जनौं बदमाशी

273 Shares

वीरगंज, १६  फाल्गुण  । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका पर्सागढी नगरपालिकाका लेखा अधिकृत श्याम नारायण भगत मालीले लाखौं लाख भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुद्धिकरण विभाग लगायतका अन्य नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु कानुनी राज्यको उपहास भएको प्रतिक्रिया दिएका छन् ।

भ्रष्टाचार सन्दर्भमा सुक्ष्म अनुभव बटुलेका लेखा अधिकृत मालीले कमिशनको सेटिङ्गमा आर्थिक वर्ष २०७८/०७९ को सामग्री खरिदमा १६ लाख ४६ हजार ७ सय ७१ रुपैया हिनामिना गरेको पाईएको छ । मलेपको प्रतिवेदनको क्रम सं. १६.८ मा नगरपालिकाले विद्यालयहरुको लागि सेनिटाईजर, व्याग र स्वास्थ्य चौकीको लागि स्वास्थ्य उपकरण खरिद गरी विभिन्न आपुर्तिकर्ताहरुलाई १६,४६,७७१ रुपैया भुक्तानी गरेको उल्लेख छ । सम्बन्धित सेवाग्रहीहरुलाई वितरण तथा हस्तान्तरण नगरेकोले पनि भ्रष्टाचार भएको पुष्टि हुन्छ । सामग्रीहरु PAMS मा दाखिला गरी सोही प्रणालीबाट हस्तान्तरण गरी विद्यालय सामग्री सम्बन्धित विद्यार्थीहरुलाई वितरण गरेको प्रमाणित भरपाई र स्वास्थ्य सामग्री सम्बन्धित स्वास्थ्य चौकीको जिन्सी खातामा दाखिला गरेको प्रमाण पेश नगरेकोले पनि भ्रष्टाचार भएको घाम जस्तै छर्लङ्ग देखिन्छ ।

भ्रष्ट लेखा अधिकृत मालीको मिलोमतोमा विद्यालयहरुको लागि सेनिटारईजर खरिद १ लाख ५४ हजार ४१ रुपैया, स्कूल व्याग लगायत अन्य सामग्रीहरु खरिदमा ९ लाख ९४ हजार ४ सय र गढीमाई जनरल सप्लायर्सबाट मेडिकल औजार खरिदमा ४ लाख ९८ हजार ३ सय ३० गरी जम्मा १६,४६,७७१ रुपैयाको सामग्रीहरु खरिद गरेको भुक्तानी गरिए पनि सो सामानहरु कहीं कतै वितरण नभएको र स्वास्थ्य चौकीको जिन्सीमा दाखिला नरहेको पाईएको छ । पर्सागढी नगरपालिकाका एक कर्मचारीका अनुसार लेखा अधिकृत मालीले बिल मात्र मगाई भुक्तानी देखाई उनले सो रकम आफै ग्वाम्म पारेको बताए । यो शिर्षक भ्रष्ट लेखा अधिकृत मालीको लागि उदाहरण मात्र हुन् ।

यस्ता काण्डहरु दर्जनौं भएको समाचार स्रोतले जनाएको छ । भ्रष्ट लेखा अधिकृत मालीले आफ्नै नातामा पर्ने भान्जा दिपक भण्डारीलाई करारमा सुपरभाईजर पदमा भर्ना गराई लेखा शाखाको जिम्मेवारी दिई मामा र भान्जा मिली सो नगरपालिकामा हालसम्म लुटतंन्त्र मच्चाएको स्थानियबासीको आरोप रहेको छ ।

मालीले वीरगंज र सिमरामा करिब आधा दर्जन घडेरीहरु किनेको स्रोतको कथन रहेको छ । लेखा अधिकृत मालीले कयौं घडेरीहरु आफ्ना आफन्तको नाममा राखेको स्रोतको कथन रहेको छ ।

सम्बन्धित समाचार

सबै