भ्रस्ट लेखा प्रमुख माली माथि नियमनकारी निकायको ध्यान नजादा पर्सागढि बासि आश्चर्यमा

180 Shares

बिरगंज /१५, फाल्गुण / पर्सागढि नगरपालिकाका भ्रष्ट लेखा प्रमुख श्याम नारायण भगत मालीले करोडौ भ्रस्टाचार गरि दिन दुगुना रात चौगुना अकुत सम्पति आर्जन गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग , सम्पति शुद्धिकरण बिभाग लगायतका नियमनकारी निकाय मौन बसेका छन्
पर्सा जिल्लाको बिरगंजबाट उत्तर पश्चिममा रहेको पर्सागढि नगरपालिकामा माली लेखा प्रमुख भएर आए देखि भ्रस्टाचार बढेको स्थानिय बताउञ्छन ।
लेखा प्रमुख मालीको कर्तुत बारे सम्बन्धित निकायलाई बारम्बार जानकारी गराउँदा समेत् कारबाही नगरी कानमा तेल हालेको हेरेर पर्सागढि बासि आश्चर्यमा परेका छन् ।
लेखा प्रमुख मालीले आबस्यक कागज पत्र बेगर कमिशनको भरमा छेक काटनाले आर्थिक बर्ष २०७८/०७९ मा मात्र ४ करोड ६२ लाख ३८ हजार ८१ रुपैया बेरुजु भएको महालेखाको प्रतिबेदनले औल्याएको छ ।
जस मध्ये सुरक्षित नागरिक आवासमा ९ लाख ८० हजार र आँखा शिबिर संचालनमा ४ लाख ९८ हजार ८ सय ५० रुपैया गरि १४ लाख ७८ हजार ८ सय ५० रुपैया हिनामिना गरेको पाइएको छ ।
मालेप प्रतिवेदनको क्रम संख्या १३२ मा सुरक्षित नागरिक आबास कार्यान्वयन कार्यविधि २०७५ को दफा ६ मा किस्ता बमोजिम अनुदान उपलब्ध गराएको ३ महिना भित्र कार्य प्रगति नभएमा लाभग्राही बाट स्थानिय तहले रकम असुल उपर गर्ने ब्यबस्था छ तर पर्सा गढि नगरपालिकाले सुरक्षित नागरिक आबासमा प्रगति नभएता पनि रकम असुल उपर गरेको छैन ।
प्रति लाभग्राही रु २० हजारका दरले ४९ जनाको ९ लाख ८० हजार बितरण गरेकोमा लेखा परिक्षण अबधि सम्म कुनै पनि लाभाग्राहिको कार्य प्रगति नभएकोले अनुसूचिमा संलग्न बिबरण अनुसार प्रमाण पेश गर्नु पर्नेमा सो नभएकोले सो बेरुजु रकम असुल गरि संघिय संचित कोषमा दाखिला गर्नु पर्ने प्रतिवेदनमा उल्लेख रहेको पाइएको छ ।
त्यसै गरि क्रम संख्या १६६ मा आर्थिक कार्यविधि तथा उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ मा बिल भरपाई तथा खर्च पुष्टयाई हुने प्रमाण श्रेस्ता सहितको लेखा राख्नु पर्ने ब्यबस्था भए पनि पर्सा गढि नगरपालिकाले २०७८ पुष २० गते देखि २२ गते सम्म आँखा शिबिर संचालन गरेको उल्लेख गरि किरण आँखा अस्पताल बिरगंजलाइ ४ लाख ९८ हजार ८ सय ५० रुपैया भुक्तानी दिएकोमा सो शिबिर संचालनको प्रतिबेदन समेत पेश गरिएको छैन साथै बिरामीको विवरण समेत पेश नभएको पाइएको छ
लेखा प्रमुख मालीको सेटिङ्ग मा नगरपालिका चलि रहेको स्थानीयको दावी छ ।
लेखाप्रमुख माली कमिशन पाए पछि जस्तो सुकै छेक काटने गरेको श्रोतको दाबि छ ।

सम्बन्धित समाचार

सबै