पश्चिम नेपालमा भूकम्प पुनर्निर्माणका लागि अस्थायी सम्पर्क कार्यालय स्थापना हुने

56 Shares

काठमाडौं । सरकारले पश्चिम नेपालमा भूकम्प पुनर्निर्माण तथा क्षतिको मूल्याङ्कनका लागि जाजरकोट, अछाम र बझाङमा अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ।

सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकले प्राधिकरणका अस्थायी सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको हो।

गृहमन्त्री रमेश लेखकका अनुसार अघिल्लो वर्ष कात्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट निजी घरमा भएको क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको छ। उनले फागुन महिनाभित्र समन्वय सम्पर्क कार्यालय स्थापना गरिने जानकारी दिए।

बैठकले पुनर्निर्माणका लागि आवश्यक बजेट स्वीकृत गर्नुका साथै विपद्मा परेकाहरूको हवाई उद्धार खर्च विपद् कोषबाट भुक्तानी गर्ने निर्णय गरेको छ। साथै, विपद् स्वयंसेवक परिचालन तालिम पाठ्यक्रम–२०८१ समेत स्वीकृत गरिएको छ।

सम्बन्धित समाचार

सबै