काठमाडौं महानगरपालिकाद्वारा ‘शैक्षिक मेला २०८१’ आयोजना

65 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ। प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृह परिसरमा हुने मेला शुक्रबार (फागुन १६) र शनिबार (फागुन १७) दुई दिनसम्म सञ्चालन हुनेछ।

महानगरपालिकाले विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक बनाउन, विद्यार्थीको रुचि तथा अभिभावकको चाहनाअनुसार शिक्षालाई परिष्कृत गर्न तथा शिक्षाका अतिरिक्त गतिविधिहरू प्रदर्शन गर्न यो मेला आयोजना गर्न लागेको हो।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार मेलामा विद्यार्थीहरूका सिर्जनात्मक प्रस्तुति, शैक्षिक उपसमूहका स्टलहरू, विद्यालय शिक्षासम्बन्धी छलफल तथा विविध प्रदर्शनीहरू समावेश गरिने छन्।

महानगरका अनुसार करिब ५० हजार विद्यार्थी तथा अभिभावकले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ। विद्यालय शिक्षाको स्तरोन्नति, व्यावहारिक शिक्षा र उत्तरदायी नागरिक उत्पादनमा मेलाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

सबै