परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तसँग भेट

274 Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरेकी छन् । उनी हाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा सहभागी हुने क्रममा जेनेभामा उपस्थित थिइन्।

भेटको दौरान, मन्त्री डा. देउवाले नेपाललाई मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा विश्वकै उदाहरणीय राष्ट्रको रूपमा प्रस्तुत गर्दै सीमित स्रोत र साधनका बाबजुद पनि यस क्षेत्रमा नेपालको प्रतिबद्धता व्यक्त गरिन्।

उनले नेपालको संविधानमा नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरिएको र नेपाल सरकार लोकतान्त्रिक मूल्य र कानुनी शासनको पालना गर्न पूर्ण प्रतिबद्ध रहेको कुरा स्पष्ट गरिन्।

त्यसैगरी, उनले शान्ति प्रक्रियाका बाँकी कार्यहरू पूरा गर्न नेपाल सरकार संक्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माणमा सक्रियताका साथ अघि बढेको जानकारी दिँदै यसलाई छिट्टै टुंग्याउने प्रतिबद्धता व्यक्त गरिन्।

भेटमा परराष्ट्र मन्त्रालयका संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मानवअधिकार महाशाखा प्रमुख राजेन्द्र थापालगायतका अधिकारीहरू उपस्थित थिए।

सम्बन्धित समाचार

सबै