313
Shares
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका पछिल्ला गतिविधिबाट युक्रेन त सशंकित बनेको छ नै पूरै युरोपमा चिन्ता बढ्न थालेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफू शान्तिवार्ताका लागि क्रेमलिनसँग लागिपरेको बताएका छन् । उता युक्रेन र यसका युरोपेली सहयोगीहरू युक्रेनका माग पूरा गर्न नसके मस्को थप उत्साहित हुने चिन्तामा छन् । त्यसो भएमा केही वर्षमै मस्कोले फेरि युरोपेली भूमिमा थप युद्ध निम्त्याउन सक्ने चिन्ता उनीहरूको छ । ह्वाइट हाउसबाट आइरहेका पछिल्ला निर्णय उनीहरूका लागि निराशाजनक छन् ।