प्रादेशिक अस्पतालको कर्मचारी आवास भवन शिलान्यास

47 Shares

रौतहट सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालको कर्मचारी आवास भवन शिलान्यास गरिएको छ ।
सतचालिश लाख ९८ हजार ५७३ रुपैया छब्बीस पैसा लागतमा निर्माण हुन थालेको भवन २०८३ असार १० सम्ममा काम सम्पन्न गर्नेगरी सुरु गरिएको छ । भवनको शनिवार मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री यादवले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मधेश प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मधेश प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने बताउनु हुँदै उहाँले शहरमा भन्दा बढि ग्रामीण भेगमा जनताको बसोबास रहेकोले प्रादेशिक अस्पताल गौरमा पूर्वाधार निर्माण, दक्ष जनशक्ति र उपकरणको व्यवस्थापन गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मधेश प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताए । प्रदेश सरकारको बजेट तथा स्रोत साधन सिमित रहेकोले तत्काल एकैचोटि सवै पुरा गर्न नसकिने भएता पनि क्रमिक रुपमा कार्य हुने उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश सरकारबाट तत्काल हुन् नसक्ने आबश्यक पूर्वाधार देखि जनशक्तिको लागि दातृ निकायसंग सहकार्य गरेर भए पनि कार्य अघि बढाइने उनले बताए ।
प्रादेशिक अस्पतालबाट एउटा पनि बिरामी फिर्ता नहुन दिन र सवै उपचार यहाँ उपलब्ध गराउन निर्देशन दिनु हुँदै मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल गौरमा दरबन्दी भइ काजमा रहेका चिकित्सक तथा अन्य कर्मचारीको तत्काल काज फिर्ता गर्न साथै चिकित्सक तथा कर्मचारी बदमासी गरे आबश्यक कारबाही गर्न निर्देशन दिएको उनले बत्ताए ।
प्रादेशिक अस्पताल गौरले १०० सैयाको अस्पतालको स्वीकृति पाए पनि पूर्ण रुपमा संचालनमा आउन नसकेकोले सो कार्यान्वयनको लागि आबश्यक मापदण्ड पुरा गरि तत्काल संचालनमा ल्याउन र सोको लागि सहयोग गर्न प्रदेश सरकार सदैव प्रतिबद्ध रहेको मुख्यमन्त्री यादवले भने ।
कार्यक्रममा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले कर्मचारीे आवास भवनको अभावमा कतिपय चिकित्सक गौरमा बस्न नमान्ने गरेको अबस्था अब अन्त्य हुने बताएका छन् ।

सम्बन्धित समाचार

सबै