रौतहट क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रबिन्द्र पटेल भारी मतान्तरले विजयी हुनु भएको छ । उहाँ आफ्ना निकटम प्रतिद्वन्दीसंग १५ हजार ३६४ को फराकिलो मतले बिजयी हुनु भएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को कार्यालयका निर्वाचन अधिकृत अबध किशोर प्रसाद कुशवाहाले जानकारी दिनु भयो । उहाँले २७ हजार ३१८ मत पाउँदा उहाँका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टि नेपालकाका उम्मेदवार गोबिन्द चौधरीले ११ हजार ९५४ मत पाउनु भएको छ ।
यस्तै आम जनता पार्टिका उम्मेदवार एबम पुर्व मन्त्री प्रभु साहले ९ हजार ८९०, नेकपा एमालेका उम्मेदवार कुन्दन प्रसाद कुशवाहाले ६ हजार ६०५,नेपाली कांग्रेशका उम्मेदवार राम कृपाल प्रसाद यादवले ६ हजार ४२० मत ल्याउनुभएको निर्वाचन अधिकृत कुशवाहाले जानकारी दिनु भयो । यस निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार पुनम देवीले ३ हजार ८८१ मत ल्याउनुभएको छ । रौतहट ३ मा कुल ८ हजार ७५८ मत बदर भएको उहाँले बताउनु भयो । रौतहट –३ मा कुल १ लाख ८ हजार ६९९ मतदाता रहेकोमा ७६ हजार ४२९ मत खसेको थियो ।
फोटो क्याप्सन – रास्वपा बाट रौतहट ३ मा बिजयी रबिन्द्र पटेल ।