गौरमा महिला दिवस मनाइयो

5 Shares

गौरमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । गौर नगरपालिकाको आयोजनामा आइतवार यहाँ एक सय १६ औँ अन्तर्राष्ट्रिय महिला दिवस दिवस मनाइएको हो ।
सन् १९१० मार्च ८ मा विश्वका केही प्रबुद्ध महिलाले आफ्नो हक अधिकारका लागि सङ्गठित भएर आन्दोलन सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष मार्च ८ लाई विश्वभर नारी दिवसका रुपमा मनाउन थालिएको हो । दिवसका अवसरमा ‘सवै महिला र बालिकाको लागि अधिकार न्याय र कार्य सहितको अवसर’, ‘भने नाराका साथ् गौर नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख , नगर उप प्रमुख , नगर कर्मचारी,वडाका कर्मचारी,शिक्षिकाहरु, बाल बालिका तथा स्थानिय महिलाको सहभागिता रहेको थियो ।
कार्यक्रममा गौर नगर क्षेत्रका बिभिन्न बिद्यालयबाट आएका बाल बालिकाले महिला दिवसको अबसरमा आ आफ्नो प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्नु हुँदै गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले महिलाको हक अधिकार तथा सुरक्षा प्रत्याभूतिका लागि आवाज उठाउनु भएको थियो ।
महिला हिंसाले सुरक्षा चुनौती थपिएको बताउनु हुँदै उहाँले महिला विरुद्ध हुने हिँसा नियन्त्रण नभएसम्म समाजले अग्रगति लिन नसक्ने बताउनु भयो ।
“महिलामाथि हुने हिंसा समुन्नत समाजका लागि वाधक भएकोले यसको अन्त्य गर्न सके महिलालाइ समान अवसर र अधिकार पाउनमा दुइ मत नरहने ,“ उहाँले भन्नुभयो ।
कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुँदै जुद्ध माध्यमिक बिद्यालयका शिक्षिका पल्लवी कुमारीले महिलाको प्रत्येक क्षेत्रमा समान सहभागिता आवश्यक रहेको जिकिर गर्नुभयो ।
नगरपालिकाकी महिला विकाश निरीक्षक सलोनी केशरीले नारा मात्रैले महिला सशक्त नहुने भएकोले परिवर्तनका लागि साहसपूर्वक प्रस्तुत हुन जरुरि रहेको धारणा राख्नु भयो ।

सम्बन्धित समाचार

सबै