रौतहट –३ मा जनता समाजवादी पार्टि नेपालकाका उम्मेदवार गोबिन्द चौधरीले अग्रता लिनुभएको छ । उहाँले १ सय ८५ मतसहित अग्रता लिनुभएको हो । उहाँलाई रास्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार रबिन्द्र पटेलले पछ्याउनुभएको छ ।
पटेलले १०७ मत ल्याउनुभएको छ । यस्तै नेपाली कांग्रेशका उम्मेदवार राम कृपाल प्रसाद यादवले ५७,नेकपा एमालेका उम्मेदवार कुन्दन प्रसाद कुशवाहाले ३५ , आम जनता पार्टिका उम्मेदवार प्रभु साहले २६ र नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार पुनम देवीले १२ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालय,प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ कटहरियाका निर्वाचन अधिकृत अबध किशोर प्रसाद कुशवाहाले जानकारी दिनु भयो । ५१९ मत गन्दा सम्म ७८ मत बदर भएको उहाँले बताउनु भयो । रौतहट –३ मा कुल १ लाख ८ हजार ६९९ मतदाता रहेकोमा ७०.५३ प्रतिशत अर्थात ७६ हजार ६६९ मत खसेको छ ।