6
Shares
रौतहट क्षेत्र नं. ३ को मतगणना केहि बेरमा सुरु हुने भएको छ । भर्खर सम्पन्न भएको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरिएको हो ।
निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत अबधकिशोर प्रसाद कुशबाहाका अनुसार भर्खरै सर्वदलीय बैठक सकेको र ११ः३० बजे देखि मतगणना सुरु हुने बताउनुभयो ।
रौतहट क्षेत्र नं. ३ को मतगणना जनता मावि कटहरियामा गरिने भएको छ ।
यो क्षेत्रमा आम जनता पार्टीका अध्यक्ष तथा पुर्व मन्त्री प्रभु साह,जनता समाजवादी पार्टि नेपालबाट गोबिन्द चौधरी, नेपाली कांग्रेसबाट राम कृपाल यादव , नेकपा एमालेबाट कुन्दन कुशवाहा , रास्ट्रिय स्वतन्त्र पार्टिबाट रबिन्द्र पटेल र नेपाली कम्युनिष्ट पार्टीबाट पुनम देवी मुख्य रुपमा प्रतिस्पर्धामा हुनु हुन्छ हुनुहुन्छ ।