रौतहट /राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मधेस प्रदेशको दलित कलष्टर तर्फ धर्मेन्द्र पासवान बिजयी हुनु भएको छ ।
आइतबार मधेश प्रदेशमा भएको मतदानमा नेपाली कांग्रेसबाट उम्मेदवार पासवान बिजयी हुनु भएको ।
मतदानमा पासवानले सात हजार ९०४ मतभार प्राप्तगरी बिजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्दी नेकपाका शम्भु पासवानले १ हजार ३७६ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मधेशमा चार सिटका लागि एमाले, कांग्रेस र जसपा नेपालले गठबन्धन गरेको थियो । त्यसमा जनमतले समेत सघाएको छ । जसपाले आफ्ना अन्य तीन उम्मेदवार उठाएको थियो । गठबन्धन बिपरित उम्मेदवार उठाएको ठाउँमा जसपा नेपालले उम्मेदवार निष्किय बनाउने भने पनि जसपाकी चमेली देवी दासले २०९ मत प्राप्त गर्नु भएको थियो । निर्वाचनमा १८६ मत बदर भएको थियो ।
रौतहट परोहा नगरपालिका – ३ का पासवानले राजनीति शास्त्रमा स्नातक (बी.ए.) अध्ययन गर्नुभएको छ । उहाँ २०५२ सालदेखि नेपाली कांग्रेसको क्रियाशील राजनीतिमा आबद्ध रहँदै लोकतन्त्र र सामाजिक न्यायका लागि भएको आन्दोलनका क्रममा २०४२ साल र २०६२ सालमा प्रहरी हिरासतमा समेत बस्नु भएको थियो ।
राजनीतिमा सक्रिय पासवानले बाल्यकालदेखि नै समाजमा व्याप्त विभेद, अन्याय र बहिष्करण विरुद्ध आवाज उठाउँदै आफ्नो जीवन राजनीति र जनसेवामा समर्पित गर्दै आउनु भएको छ ।
दलित समुदायको उत्थान तथा आर्थिक, समाजिक बिकाशको लागी निरन्तर रुपमा निस्वार्थ भएर लडिरहने पासवालले प्रतिबद्धता जनाउनु भएको छ ।