रौतहट /नेपाल सदभावना पार्टिका केन्द्रिय अध्यक्ष एबम पुर्व मन्त्री अनिल कुमार झाले नेपाली काङ्ग्रेशबाट रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गर्नुभएको छ । आज दिउँसो गौर स्थित मुख्य निर्वाचन अधिकृको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
गएको साउन २८ गते पुनर्गठन भएको नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष झाले नेपाली कांग्रेशबाट उम्मेदवारी दर्ता गर्न लागेको कुरा आज बिहान मात्रै नेपाली कांग्रेशका नेता तथा कार्यकर्ताले जानकारी पाएका थिए ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार हुनु भएका झा नेकपा एमालेकी जुलीकुमारी महतोसंग ९ हजार ६६९ मतान्तरले पराजित हुनु भएको थियो ।
नेपाली काङ्ग्रेशबाट उम्मेदवारी दर्ता गराए पछि पत्रकारहरुसंग कुरा गर्नु हुँदै उहाँले व्यक्तिले दल बदल्दैमा दायित्व नबदलिने बताउनु भयो । मधेशको एजेन्डा, देशको एजेण्डाको लागि आफु लागि रहने बताउनु हुँदै उहाँले लोकतन्त्र, मधेशबाद,संघियता समावेशीकरण माथि हुने आक्रमण बिरुद्ध लडि रहने बताउनु भयो ।
रौतहट क्षेत्र नम्बर १ मा केहि काम गरेको ,केहि बाँकी रहेकोले आफु त्यो पुरा गर्ने उहाँले बताउनु भयो ।
जेनजी आन्दोलनको जगमा भइ रहेको यस निर्वाचनबाट संसदमा पुगेर आन्दोलनमा उठाइएका बिषय सम्बोधनको लागि तत्पर रहने आफ्नो मुख्य एजेण्डा रहने उहाँले बताउनु भयो ।