सरकार प्रमुख जनताबाट सोझै निर्वाचित हुनु पर्ने जनता समाजवादी पार्टिका रास्ट्रिय उपाध्यक्ष एवं पूर्व सांसद गोविन्द चौधरीले बताउनु भएको छ ।
रास्ट्रपति वा प्रधानमन्त्रीलाइ जनताले कार्यकारी प्रमुख निर्वाचित गर्नु पर्नेमा उहाँले जोड दिनु हुँदै जनताबाट निर्वाचित कार्यकारी प्रमुखलाई सरकार बनाउने जिम्मा दिनु पर्ने उहाँको धारणा रहेको छ ।
अशिक्षित मान्छे शिक्षामन्त्री , स्वास्थ्यको जानकारी नभएको मान्छे स्वास्थ्यमन्त्री बन्ने परिपाटी रहुन्जेल देश अगाडि बढन नसक्ने उहाँले बताउनु भयो ।
कानुन बनाएर अनुगमन गर्ने काम , कार्यान्वयन गराउने काम संघीय संसदको रहनु पर्ने उहाँले भन्नु भयो ।
भ्रस्टाचारिलाइ कारबाही हैन, कानुन बनाएर मृत्यु दण्ड दिनु पर्ने उहाँले बताउनु भयो । संघीय संसदको काम मन्त्री बनाउने नभएर कानुन बनाउने हुनु पर्ने उहाँले बताउनु भयो ।
जनताको आग्रहमा आफु रौतहट निर्वाचन क्षेत्र नं. ३ बाट मनोयन दर्ता गराएको उहाँले बताउनुभएको छ ।
रौतहटको गुजरा नगरपालिका – ८ घर भएका ६९ बर्षीय चौधरीले आफ्नो सोच निर्वाचनमा जानुको सट्टा पार्टीलाई सघाउने ,जनताको भावना बुझेर काम गर्ने मान्छे, नयाँ पुस्ताका मान्छेलाइ उम्मेदवार बनाउने हुँदा हुँदै जनताको दवावमा,जनताको मांगमा आफुले मनोयन दर्ता गराएको बताउनु भयो ।
जेनजी आन्दोलनको जगमा भइरहेको यस निर्वाचनको मुख्य उद्देश्य देशमा सुशासन कायम , भ्रष्टाचारको अन्त्य ,बेथितिको अन्त्य , संबिधानमा भएका कमि कमोजिरी सच्याउने लगायतका कुराहरु रहेको र आफुहरुको मुख्य उद्देश्य पनि त्यहि रहेको उहाँले बताउनु भएको छ ।
मुलुकमा गरिबी बढेको बताउनु हुँदै उहाँले देशमा इमान्दार,स्वच्छ मान्छे प्रतिनिधिको रुपमा निर्वाचित नहुन्जेल विद्यमान समस्या अन्त्य हुन् नसक्ने उहाँले ठोकुवा गर्नु भयो ।
संबिधान संशोधन, हरेक क्षेत्रलाइ सरकारद्वारा निगरानी आजको प्रमुख आवस्यकता रहेको उहाँको भनाइ रहेको छ ।
निर्वाचन महँगो भएकोले स्वच्छ छविका मान्छे प्रतिनिधिको रुपमा चुनिन गाह्रो रहेको बताउनु हुँदै उहाँले सिस्टम परिवर्तन भए पछि मात्र सर्वहाराको मांग सम्बोधन हुने बताउनु भयो ।
२०४८ सालमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिनिधि सभामा निर्वाचित ,२०६६ सालमा संबिधान सभा सदस्यको रुपमा रहनु भएका चौधरीले आफु जीवनमा कहिल्यै भ्रस्टाचार नगरेको ,जनतालाइ ठग्ने काम नगरेको र निरन्तर रुपमा जनताको सुखदुखमा रहेको कारण नै जनताले आफुलाई अघि सारेको बताउनु भयो ।