समृद्ध प्रदेश बनाउने अठोट

4 Shares

नेपालि कांग्रेश मधेश प्रदेशका अध्यक्ष कृष्ण प्रसाद यादवले आफ्नो नेतृत्वमा मधेश प्रदेश सरकार गठन भए कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ ।
नेपालि कांग्रेश पार्टि कार्यालय रौतहट,गौरमा पत्रकारहरु संग कुरा गर्नु हुँदै अध्यक्ष यादवले भ्रस्टाचार,बेथिति रोक्न हर सम्भव प्रयास अपनाउने बताउनु भयो ।
जेनजी आन्दोलनको मुख्य उद्देश्य नै भ्रस्टाचार रोक्न ,सुशासन कायम गर्न रहेको आफुले बुझेको बताउनु हुँदै नेपालि कांग्रेश मधेश प्रदेश अध्यक्ष यादवले नेपालि कांग्रेश सदैव जेनजीको भावना कदर गर्दै अगाडि बढने बताउनु भयो ।
सवै नेपालीको भविष्य यसै देश संग जोडिएकोले जेनजी आन्दोलन उचित रहेको उहाले बताउनु भयो तर आन्दोलनको बिचमा घुसपैठ भइ आन्दोलन मोडिएको उहाँले बताउनु भयो ।
रास्ट्रिय सम्पतिको क्षति देखि व्यक्तिगत धनजनको क्षति दुखद रहेकोले यस कार्यको उहाँले भत्र्सना गर्नु भयो ।
आफ्नो नेतृत्वमा मधेश प्रदेश सरकार गठन भए प्रदेश सरकारमा काम कारबाही पारदर्शी हुने , भ्रस्टाचार गर्न नपाइने भएकोले केहि बिकास बिरोधि तत्वहरु आफुलाई बदनाम गराउन लागि परेको उहाँले दुखेसो पोख्नु भयो ।
आफ्नो पालामा मधेश प्रदेशलाई समृद्ध प्रदेश बनाउने अठोट राखेकोले जुनसुकै परिस्थितिको सामना गर्दै यसलाई साकार पार्ने उहाँको भनाइ रहेको छ ।
दशैं सके लगत्तै मधेश प्रदेशमा नयाँ नेतृत्व आउने सम्भावना रहेको छ ।

 

 

सम्बन्धित समाचार

सबै