चाडपर्वको समयमा बैंकका एटिएम बन्द हुँदा सेवाग्राही मारमा (फोटो फिचर)

5 Shares

रौतहट सदरमुकाम गौर स्थित वाणिज्य बैंकका एटिएम मेसिन चाडपर्वका समयमा बन्द हुँदा सेवाग्राही मारमा पर्ने गरेका छन् ।
गौरमा रहेको लक्ष्मी सनराइज बैंक,माछापुछ्रे बैंक ,प्रभु बैंक,लुम्बिनी बैंक तथा नेपाल बैंकको एटिएम मेसिनको सटर नै बन्द रहेको छ भने एनआइसी एसिया, रास्ट्रिय बाणिज्य बैंक,ग्लोबल आइएमइ बैंकको एटिएम मेसिनको सटर खुला हुँदा समेत एटिएम नचल्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । दुर्गा भगवतीमा रहेको लक्ष्मी सनराइज बैंकको एटिएमको सटर पनि बन्द नै रहेको स्थानीय सेवाग्राहीको भनाइ रहेको छ ।
गौर–३ का पंकज कुमारले बैंक बिदा हुने बित्तिकै एटिएम पनि बन्द हुँदा सेवाग्राही मारमा परेको गुनासो गर्नु भयो । ३६५ दिन बैंकिंग सेवाको आश्वासन दिएर माछापुछ्रे बैंकले खाता खोल्न लगाए तर बैक बन्द रहेको बेला एटिमको सटर लगाएर राखिएको हुन्छ, खुला भए पनि पैसा निस्कने नगरेको उहाँले बताउनु भयो ।
ग्लोबल आइएमइ बैंकको एटिएममा तीन दिनदेखि आफूले पैसा झिक्न खोज्दा नसकेको गौर –५ का कमलेश मिश्रले गुनासो पोख्नु भयो । ‘पैसा झिक्न कार्ड हाल्यो, पिसा झिक्ने सवै प्रक्रिया अपनाए पछि टेक योर मनि भन्छ तर पैसा निस्किदैन ।
अपर्झट पैसा चाहिएर एटिएमबाट निकाल्न जाँदा रित्तै फर्किनु पर्दा साह्रै समस्या पर्ने गरेको गौर –३ का युवराज झाको गुनासो छ । दुर्गा भगवती –२ का रजनीश शर्माका अनुसार दुर्गाभगवती गाउँपालिकामा एउट मात्र बैंक रहेको र सो बैंकको एटिएम समेत चाडपर्वका समयमा बन्द रहनाले समस्या भएको बताउनु भयो । उहाँका अनुसार एकातिर नवनियुक्त अर्थ मन्त्री रामेश्वर प्रसाद खनालले बढि नगद नराख्न भन्नु हुन्छ अर्का तिर रौतहटका बैंकहरुको मनोमानी बढदै गएको छ , यस बर्ष अघि चाडपर्वमा एटिएम मेसिन बन्द रहदैन्थ्यो तर यस पालि बैंक बन्द हुने बित्तिकै एटिएम मेसिन बन्द राखेर बैंकले आफ्नो ग्राहकलाइ आर्थिक समस्या उत्पन्न गराएको उहाँले आरोप लगाउनु भयो ।

सम्बन्धित समाचार

सबै