रौतहट/
चन्द्रपुर नगर उद्योग बाणिज्य संघको अध्यक्षमा उदय नारायण सापकोटा निर्वाचित हुनु भएको छ ।
बुधबार भएको संघको निर्वाचनमा २ सय ३३ मतको अन्तरले सापकोटा निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक अधिबक्ता दिलिप कोइरालाले बताउनु भयो ।
उहाँले ५ सय २ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्दी सुनिल साहले २ सय ६९ मत प्राप्त गर्नुभएको निर्वाचन समिति संयोजक कोइरालाले जानकारी दिनु भयो ।
कुल ८ सय २ मत खसेकोमा ३१ वटा मत बदर भएको छ ।
सापकोटा चन्द्रपुर नगर उद्योग बाणिज्य संघको अध्यक्ष पदमा लगातार दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएको होे ।
संघको सदस्यहरुमा अबधेशहरि भट्टराइ,पुजन सत्याल,रामचन्द्र सुनार,अनन्त कुमार अधिकारि,चेत बहादुर खडका,रेखा कुमारी गुप्ता,युवराज कार्की,जगदिप चौधरी,सिता कुमारी थापा,दिवाकर सापकोटा,रोहित प्रसाद बास्तोला र गेन बहादुर दर्लामी निर्बिरोध निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक कोइरालाले बताउनु भयो ।
अध्यक्ष लगायत संघको १७ सदस्यीय कार्य समिति रहेकोमा ४ जना सदस्यको मनोयन तथा अन्य पदाधिकारीको बाँडफाड कार्यसमितिको पहिलो बैठकबाट हुने निर्वाचित अध्यक्ष सापकोटाले बताउनु भयो ।
यसै बीच संघमा निर्बिरोध निर्वाचित सदस्य रेखा कुमारी गुप्ताले राजीनामा दिनु भएको छ ।
सामाजिक संजालमा लेख्दै उहाँले आफ्नो प्यानलको अध्यक्ष पदको उम्मेदवार साहको पराजयको नैतिक जिम्मेबारी लिदै सदस्य पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको छ ।