गरुडाका किसानलाई भैंसी वितरण

136 Shares

रौतहट / रौतहटको गरुडा नगरपालिकाका किसानलाई उन्नत जातको क्रस भैंसी वितरण गरिएको छ । शुद्ध दूध उपभोग साथै किसानको आयआर्जन वृद्धि गर्नमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको भैंसी वितरण गरेको हो ।
गरुडा नगरपालिकाका किसानलाई शुक्रवार उन्नत जातको भैंसी वितरण गरिएको हो । गत आर्थिक वर्ष २०८१÷०८२ को संघिय बिशेष अनुदान अन्तर्गत खाद्द सुरक्षा पोषण सहयोग तथा पशु सहयोग कार्यक्रमबाट पालिकाले उन्नत जातको भैंसी खरिद खरिद गरी गरुडाका १ सय ४० जना किसानलाई वितरण गरिएको नगर प्रमुख कन्थमणी प्रसाद कलवारले जानकारी दिनु भयो ।
एउटा भैंसीको मूल्य १ लाख रहेको आपूर्तिकर्ता मुक्तिनाथ ट्रेडिङ्ग बर्दिबासका अमित कुमार साहले बताउनु भयो ।
कार्यक्रममा भैंसी संगै मिल्क्यान, चिलिङ भ्याट, डिफ्रिज, मिल्क पम्प, मिल सेपरेटर लगायत डेरी उपकरणहरू, बिद्युत मोटर,पम्पसेट पनि वितरण गरिएको नगर प्रमुख कलवारले बताउनु भयो ।
कृषि तथा पशुपालन व्यवसायलाई प्रविधिमैत्री बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्य परियोजनाको रहेको नगर प्रमुख कलवारले बताउनु भयो । उन्नत जातको भैंसी पाए पछि गरुडा –२ का रम्भा देवीले नगरपालिकाको यो कार्यक्रमले किसानको जीवनस्तर उकास्न मद्दत पुर्याउने बताउनु भयो ।
कार्यक्रम अन्तर्गत माछा पोखरी निर्माण अनुदान ४ किसानलाई, माछा पोखरी मरम्मत १७ किसानलाई तथा कुखुराको खोर निर्माण ५ किसानलाई उपलब्ध गराइएको पशु सेवा शाखा प्रमुख पवन कुमार गुप्ताले जानकारी दिनु भयो ।

 

सम्बन्धित समाचार

सबै