रौतहट/ ०३, साउन /रौतहट उद्योग वाणिज्य संघको नया नेतृत्व चयनका लागि शनिवार भएको निर्वाचनमा सात सय ३८ जनाले मतदान गरेका छन ।
रौतहट उद्योग बाणिज्य संघमा २ हजार २ सय चौबिस साधारण सदस्य र २ सय ६२ आजिवन सदस्य , गरुडा उद्योग बाणिज्य संघमा ७ सय ६४ साधारण सदस्य र २ सय २२ आजिवन सदस्य तथा चन्द्रपुर उद्योग बाणिज्य संघमा साधारण र आजीवन गरि ४ हजार १७ सदस्य हरु रहेको छ । विहान ९ बजे शुरु भएको मतदान साँझ पाँच बजे सकिएको निर्वाचन समिति संयोजक वृजकिशोर यादवले बताउनुभयो ।
चन्द्रपुर उद्योग बाणिज्य संघ स्वायत संघ भएको र संघको बिधानले मतदान गर्नु पर्ने ब्यवस्था नगरेकोले शनिवार भएको मतदानमा भाग नलिएको चन्द्रपुर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताउनु भयो ।
रौतहट उद्योग बाणिज्य संघको अध्यक्ष पदमा रविन्द्रनाथ गोपाली निर्विरोध निर्वाचित हुनभएको छ ।
शनिवार भएको निर्वाचनबाट ११ जना सदस्य निर्वाचित हुने निर्वाचन समितिका संयोजक यादवले बताउनु भयो । ११ जना सदस्यको लागि २० जनाको उम्मेदवारी परेको छ ।
संस्थाको विधान अनुसार शपथ ग्रहणपछि पहिलो बैठकले २ जना सदस्य मनोनित तथा अन्य पदको बाँडफाँड सहमतिले गरिने निर्वाचन समितिका संयोजक यादवले जानकारी गराउनु भयो ।