
रौतहट/०३,साउन /रौतहटको माधवनारायण नगरपालिका –८ घर भएका १५ बर्षीय ट्युमर बिरामी सुनिल बैठालाई माधव नारायण नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
गएको भदौ देखि बीर अस्पताल काठमाण्डौमा उपचाररत बैठालाई नगरपालिकाका प्रमुख बैजनाथ प्रसाद यादवले ५१ हजार ६ सय साठी रुपैया सहयोग गर्नु भएको छ ।
प्रमुख यादवले बिरामी बैठालाई अस्पतालमा भेटेर आगामी दिनमा समेत नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
टाउको दुख्ने, बान्ता हुने, आँखा कम देख्न भएर गत भदौ देखि बैठाको बिर अस्पताल काठमाण्डौमा उपचार भइ रहेको वहांको बुवा भदइ बैठाले बताउनु भयो ।
उपचारमा संलग्न डाक्टर राजीव झाका अनुसार बैठाको सिटीस्क्यान गर्दा ब्रेनभित्र ठूलो ट्युमर फैलिएकोले ट्यमुर हटाउनका लागि तीन चरणमा शल्यक्रिया गरिएको बताउनु भयो ।
बैठाको अवस्था सुधारोन्मुख भए पनि पूर्ण रूपमा ठिक हुन अझै केहि समय लाग्ने उपचारमा संलग्न डाक्टरहरुले बताए पनि वहाँका बुवा भदइ बैठाका अनुसार पहिलाको भन्दा अबस्था गम्भीर नै भएको दुखेसो पोख्नु भयो ।
भदइ बैठाका अनुसार छोराको उपचारको लागि घडि , मोबाइल, गहना तथा जग्गा समेत बेचिसकेकोले थप उपचारको लागि सहयोगको खाँचो रहेको बताउनु भयो ।
भदइ बैठाले तिनै तहको सरकार संग आफ्नो छोराको उपचारको लागि सहयोग गर्न अनुरोध गर्नु भएको छ ।