कार्यालय भवनको लागि नेपालि कांग्रेश रौतहटद्वारा जग्गा खरिद

83 Shares

रौतहट/०३,साउन / नेपाली काँग्रेस रौतहटले सदरमुकाम गौरमा जग्गा खरिद गरेको छ ।
कार्यालय भवन निर्माण गर्ने उद्देश्यले गौर नगरपालिका –३ मा ५ कठा ९ धुर जग्गा खरिद गरेको नेपाली कांग्रेश रौतहटका सचिव मिथिलेश कुमार मिश्रले जानकारी दिनु भयो ।
पार्टि का नेता कार्यकर्ता ,शुभचिन्तक तथा चन्दा दाताको सहयोगमा पच्चीस लाख प्रति कठाको दरले सो जग्गा खरिद गरिएको सचिव मिश्रले बताउनु भयो ।
नेपाली कांग्रेश रौतहटका सभापति एबम मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले बर्षौ देखिको अथक प्रयास पछि पार्टीको जिल्ला कार्यालयको लागि आफ्नै जग्गा खरिद गरिएको बताउनु भयो ।
जिल्ला कार्यालयको आफ्नै भवन नहुँदा कार्यालय संचालनमा हुँदै आएको समस्या केहि महिनामै अन्त्य हुने जिल्ला सभापति एबम मधेश प्रदेश सरकारका अर्थमन्त्री यादवले बताउनु भयो ।
नेपाली काङ्ग्रेश मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले चांडै भवन निर्माण कार्य शुरु हुने बताउनु भयो ।
सबैको अपनत्व हुने गरी कार्यालय भवन निर्माण गरिने तथा भवन निर्माणमा सहयोग गर्न सवैको साथ् सहयोगको खाँचो रहेको मधेश प्रदेश सभापति यादवले बताउनु भयो ।
नेपाली काँग्रेस रौतहटको आफ्नै कार्यालय भवन निर्माण पछि पार्टीको गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने मधेश प्रदेश सभापति यादवले बताउनु भयो ।

सम्बन्धित समाचार

सबै