जमिया दरुल उलोम मदर्शा जिगडियामा निःशुल्क आँखा शिविरको आयोजना

209 Shares

गौर/ २७,असार / रौतहटको गरुडा नगरपालिका–८ जिगडिया स्थित जमिया दरुल उलोम मदर्शामा शुक्रवार एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवा गौरको आयोजना तथा डाक फाउण्डेशनको आर्थिक सहयोगमा जिगडिया गाउँ स्थित जमिया दरुल उलोम मदर्शामा आज भएको भएको शिविरमा ३७५ जनाले आँखाको परिक्षण गराएको गौर आँखा अस्पतालले जनाएको छ ।
शुक्रवार बिहान ९ बजे देखि शुरु गरिएको परिक्षणमा ३६ जनामा मोतिया विन्दुको रोग फेला परेको तथा उनीहरुको निशुल्क रुपमा शैल्यक्रिया गरिने शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिनु भयो
शिविरमा १५४ जनालाई चश्मा तथा २८७ जनालाई औषधी वितरण गरिएको कार्यक्रम संयोजक पाण्डेले बताउनु भयो ।
मोतिया विन्दु भएका विरामीहरुको शैल्यक्रिया भोली शनिबार देखि हुने गौर आँखा अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

सबै