मधेश प्रदेश सरकारको बजेटमा अर्थ मन्त्रालयको कुनै हस्तक्षेप नरहेको – अर्थमन्त्री यादव

153 Shares

मधेश प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेटलाइ लिएर सामाजिक संजाल तथा बिभिन्न मिडियामा आएको कुरा प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको मधेश प्रदेश सरकारका अर्थमन्त्री एबम नेपाल कांग्रेश रौतहट जिल्ला सभापति सुनिल कुमार यादवले बताउनु भएको छ । २२ औं रास्ट्रिय धान दिवसको अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रममा बोल्नु हुँदै अर्थमन्त्री यादवले मुख्य रुपमा जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले आगामी आर्थिक बर्षको बजेटलाई लिएर पोख्नु भएको असन्तुष्टि सरासर गलत रहेको बताउनु भयो ।
बजेट तर्जुमाको लागि प्रयोग हुने अनलाइन सफ्टवेयर पिएलएमबिआइएसमा सम्बन्धित मन्त्रालयले नै बजेट इन्ट्री गरेको बताउनु हुँदै अर्थमन्त्री यादवले अर्थ मन्त्रालयले आफ्नो मन्त्रालय बाहेक अन्य कुनै मन्त्रालयको बजेटमा हस्तक्षेप नगरेको प्रष्ट पार्नु भयो ।
गर्भवती, सुत्केरी, जेष्ठ नागरिकलाई पोषण सामग्री शिर्षकमा आर्थिक बर्ष २०८०÷०८१ को बक्यौता रकम भनेर ९७ करोड ६० लाख इन्ट्री गरिएको सन्दर्भमा बिभिन्न सामाजिक संजालमा टिका टिप्पणि उठी रहेको बताउनु हुँदै अर्थ मन्त्री यादवले उक्त योजना मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै राखेको प्रष्ट पार्नु भयो ।
उक्त योजनाको सम्बन्धमा अर्थ मन्त्रालयले भुक्तानी बाँकी रकम यकिन गर्न लगाई बजेट निकासा दिने र बाकि रकम संचित कोषमा ल्याउने प्रतिबद्धता वहांले व्यक्त गर्नु भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारीको मानविय त्रुटिका कारण बढि रकम इन्ट्री हुन् गएको आफुले पनि सुनेको र त्यसलाई बंग्याएर जिम्मेबार व्यक्तिहरुबाट प्रदेशलाइ बदनाम हुने गरि अभिब्यती आउनु दुखद रहेको अर्थमन्त्री यादवले बताउनु भयो । टुक्रा रकम समाबेश भयो भनेर अफवाह फैलाउने प्रति टिप्पणि गर्नु हुँदै अर्थमन्त्री यादवले जनमत पार्टीकै बसन्त कुशवाहा मन्त्री रहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले सब भन्दा घटी ५ लाखको टुक्रा रकम आर्थिक बर्ष २०८२÷०८३ को बजेटमा समावेश गरेको वहांले बताउनु भयो ।
जनमत पार्टिको मन्त्री रहेको मन्त्रालयको बजेटमा पार्टि अध्यक्ष डाक्टर सिके राउतका भाइ जयकान्त राउतको पुरै हस्तक्षेप रहेको अर्थमन्त्री यादवले दावी दिनु भयो ।
आगामी आर्थिक बर्षको बजेट मन्त्री परिषदबाट समेत अनुमोदन भएकोले अहिले आएर कोहि एकजना या एउटा पार्टीलाई दोष दिन नहुने अर्थमन्त्री यादवले बताउनु भयो ।
आफु संग समबन्धित मन्त्रालयको लागि पिएलएमबिआइएसको युजर, पासवर्ड हरेक मन्त्रालय संग रहने गरेको तर अर्थ मन्त्रालय संग सुपर युजरनेम र पासवर्ड रहने गरेको बताउनु हुँदै अर्थ मन्त्री यादवले अन्य मन्त्रालयको बजेट सम्पादन गर्न मिल्ने अबस्था हुँदा हुँदै पनि नियम कानुनको पुर्ण पालना गर्दै सामान्य रुपमा समेत बजेट सम्पादन नगरेको वहांले बताउनु भयो ।
कार्यक्रममा २२ औं रास्ट्रिय धान दिवसको शुभकामना दिनु हुँदै अर्थमन्त्री यादवले कृषि विद्युतीकरण, सिंचाई, कृषि उत्पादन वृद्धि, कृषि बजारीकरण लगायतको क्षेत्रमा प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्य गरि रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिइ रहने बताउनु भयो ।

सम्बन्धित समाचार

सबै