युवा नेता गुप्ताको पहलमा सयौं जना नेपाली कांग्रेशमा प्रवेश

156 Shares

रौतहट , असार ४ गते । रौतहटको माधवनारायण नगरपालिकामा नेपाली कांग्रेश मधेश प्रदेश प्रचार प्रसार बिभाग प्रमुख नितेश गुप्ताको अगुवाइमा विभिन्न पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
माधवनारायण नगरपालिका–५ मिठुअवाको कटहरिया टोलमा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रम एवं नेता कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्ने नवप्रवेशीहरुलाई नेपाली काँग्रेसका मधेश प्रदेश सभापति एवं प्रदेश सरकारका पूर्व मन्त्री कृष्णप्रसाद यादवले टिका, माला लगाएर स्वागत गर्नु भयो ।
नेपाली कांग्रेस माधवनारायण नगरपालिका–५ को वडा कार्य समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कटहरिया टोलका राजिनन्द सहनी, जय प्रकाश सहनी, गोपाल सहनी, रामएकवाल सहनी लगायतका करिव दुई सय नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
वहाँहरु नेकपा एकीकृत समाजवादी र नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गर्नु भएको हो ।
प्रदेश सभापति यादवले पार्टी प्रवेश गरेका नव प्रवेशीहरुलाई पार्टीको संगठनलाई सुदृढ पार्न तथा वडा समितिलाई बलियो बनाई माधवनारायणको हरेक वडामा नेपाली काँग्रेसको नेतृत्व कायम गर्न लग्नु पर्ने बताउनु भयो ।
कांग्रेस निकै पुरानो इतिहास बोकेको ठूलो दल रहेकोले चाहेर पनि कसैले परास्त गर्न नसक्ने वहांले बताउनु भयो । अरु दलको कुनै भविष्य नरहेको बताउँदै वहांले कांग्रेस पार्टी मात्र देशको स्थायित्व दिन सक्ने भएको हुँदा सबैलाई कांग्रेसमा लाग्नुपर्ने धारणा राख्नु भयो ।
राजनीतिमा ठूलो पकड़ भएका र राजनीतिमा ठूलो प्रभाव राख्ने दिगज नेताहरु कांग्रेसमा प्रवेश गरेकाले आगामी दिनमा मिठुअवा र माधवनारायण नगरपालिकामा नेपाली कांग्रेस पार्टी अझै मजबूत भएको प्रचार प्रसार प्रमुख गुप्ताले बबताउनु भयो ।
एउटै टोलको सयौं नेता कार्यकर्ताहरुले सामूहिक रूपमै कांग्रेसमा आएकाले आउँदो २०८४ को निर्वाचनमा माधवनारायण नगरपालिकामा कांग्रेसले राम्रो मत ल्याउने र बहुमत प्राप्त गर्ने नेता गुप्ताले विश्वास व्यक्त गर्नु भयो ।

सम्बन्धित समाचार

सबै