रौतहट , असार ३ गते ।रौतहटको कटहरिया नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको ११ औं अधिबेशनबाट नगर प्रमुख अजय प्रकाशले आन्तरिक श्रोत , प्रदेश सरकार, सङ्घीय सरकारबाट अनुदान गरी उक्त बजेट प्रस्तुत गर्नुभयो ।
जसमा आन्तरिक आम्दानी ४ करोड, राजस्व बाँडफांड संघिय सरकार १० करोड २८ लाख ६१ हजार ३ सय ७१ रुपैया,बित्तिय समानीकरण अनुदान संघिय सरकार १० करोड ९९ लाख , संघिय सरकार सशर्त अनुदान २० करोड ३२ लाख ५० हजार ९ सय ७२ रुपैया, स्थानिय सरकार राजस्व बाँडफांड ७ करोड २८ लाख २ सय ४२ रुपैयाको बजेट सार्वजनिक गरिएको छ ।
त्यस्तै, राजस्व बाँडफांड प्रदेश सरकार ६१ लाख ७४ हजार ८ सय ९० रुपैया,प्रदेश सरकार समानीकरण अनुदान ७५ लाख ६५ हजारको बजेट नगर सभाबाट सार्वजनिक गरिएको हो ।
साक्षर कटहरिया घोषणा ,बाल मैत्री नगर घोषणा, डिजिटल कटहरिया घोषणा, बर्थिंग सेन्टर संचालनमा रहेका स्वास्थ्य संस्थामा नियमित बिद्युत आपूर्तिको व्यवस्थाका लागि सोलार जडान , खानेपानी समस्या समाधानको लागि खानेपानी आयोजना संचालन, नगर यातायात गुरुयोजना निर्माण गरि नगर भित्रका सडकलाई बिभिन्न श्रेणीमा बर्गिकरण गरिने लगायतका बिषय नीति तथा कार्यक्रममा समेटिएको छ ।
त्यस्तै कटहरिया नगरपालिकालाई नमुना नगरको रुपमा बिकास गर्न एकीकृत नगर बिकास गुरु योजनालाइ पहिलो प्राथमिकतामा राखी कार्य अघि बढाउने , खेतीयोग्य जमिनमा सिंचाई सुबिधाको लागि साना सिंचाई कार्यक्रम संचालन , प्रत्येक वडामा डिप बोरिङ्ग जडान , नगरपालिकाको हरेक गतिविधिलाई सार्वजनिक गर्न प्रत्येक वडामा डिजिटल सूचना पाटि राखिने भएको छ ।