सहकारी ठगी प्रकरणमा थुनाको आदेशविरुद्ध रविका पत्नी निकिताद्वारा सर्वोच्चमा रिट

37 Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

रिट शुक्रबार रविका पत्नी निकिता पौडेलले स्वयं सर्वोच्च पुगेर दर्ता गराएकी हुन् । रास्वपा सहप्रवक्ता प्रतिभा रावलले सो जानकारी दिएकी हुन् ।

गत चैत २२ गते उच्च अदालत बुटवलको तुलसीपुर इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको फैसला बदर गर्दै रविलाई थुनामा पठाउने आदेश दिएको थियो ।

सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा यसअघि जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध उच्च अदालतले कडा निर्णय सुनाएपछि रास्वपा सर्वोच्च पुगेको हो ।

सम्बन्धित समाचार

सबै