
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने चाहना त्यागेर लोकतान्त्रिक राजनीतिमा प्रवेश गर्न सुझाव दिएका छन्।
आज (आइतबार) को राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले राजनीतिक दलका नेताहरूले देशको समुचित विकास गर्न नसकेको गुनासो गर्दै पूर्वराजालाई नयाँ विकल्प अपनाउन आग्रह गरे। उनले भने, “राजनीतिक नेताहरू असफल भए भन्दै पुनः राजा बन्ने चाहनु उचित हुँदैन। बरु लोकतान्त्रिक राजनीतिक दल खोली निर्वाचन आयोगमा दर्ता गरेर २०८४ को निर्वाचनमा भाग लिनुहोस् र निर्वाचित भई प्रधानमन्त्री बनेर देशको समृद्धि कायम गर्नुहोस्।”
गौतमले राजा महेन्द्रको हत्या र राजा वीरेन्द्रको वंश विनाशमा राजपरिवारका व्यक्तिहरूको संलग्नता रहेको दाबी गर्दै ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक प्रक्रिया अपनाएर नेपाललाई समृद्ध बनाउने जिम्मेवारी लिन चुनौती दिए।