घिसिङ हटाउने तयारी अन्यायपूर्ण : सांसद मोदी

272 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने प्रयासको विरोध गरेका छन्।

आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद मोदीले घाटामा रहेको विद्युत् प्राधिकरणलाई नाफामा पुर्‍याउने घिसिङलाई हटाउन खोजिएको भन्दै आपत्ति जनाए। उनले घिसिङकै कारण नेपाल लोडसेडिङमुक्त भएको उल्लेख गर्दै सरकारले उनलाई बर्खास्त गर्न खोजे प्रतिरोध गर्ने चेतावनी दिए।

“जसले राम्रो काम गरिरहेको छ, जनताको पक्षमा काम गरिरहेको छ, त्यसलाई सरकारले हटाउन खोज्नु अन्याय हो। सरकारले राम्रो गर्न सकेन, तर राम्रो गर्ने मान्छेलाई हटाउन खोज्दै छ। यस्तो भएमा प्रमुख प्रतिपक्ष दलले प्रतिरोध गर्छ,” मोदीले भने।

सम्बन्धित समाचार

सबै