डीआईजी जनक भट्टराई एआईजी पदमा बढुवा सिफारिस

252 Shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। आइतबार बिहान बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छन्। उनी हालका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरका ब्याची हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा सिफारिस प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार गरिएको हो।

यसअघि एआईजी रविन्द्र केसीले भट्टराईको बढुवाका लागि राजीनामा दिएका थिए। केसीले आफू बढुवा हुँदा नै एक महिनाभित्र राजीनामा गरेर भट्टराईको बढुवाका लागि बाटो खुला गर्ने सहमति गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जनाएको छ। सरकारको मन्त्रिपरिषद् बैठकले गत मंगलबार केसीको राजीनामा स्वीकृत गरेको थियो।

 

 

सम्बन्धित समाचार

सबै