आज बस्दै प्रतिनिधि सभा बैठक, विभिन्न एजेन्डामा छलफल हुने

204 Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (आइतबार) दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ। संघीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक २०८१ दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनमाथि सामान्य छलफलको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

सम्बन्धित समाचार

सबै