पहिलो पटक पुटिनसँग ट्रम्पको आक्रोश- तेलमा ५० प्रतिशत करको चेतावनी

176 Shares

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग आक्रोश व्यक्त गरेका छन्।

युद्ध विरामका लागि प्रयास गरेको एक सातापछि एनबिसी न्युजसँगको अन्तरवार्तामा ट्रम्पले रुसबाट युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको विश्वनियतामा अनावश्यक प्रश्न उठाउने काम मात्र गरेकाले समस्या आएको बताए।

उनले रुस युद्ध विरामका लागि सहमत नभए त्यहाँ बाट आउने तेलमा ५० प्रतिशत करको निर्णय गर्ने चेतावनी दिए। ‘युक्रेनमा रक्तपात पूर्ण अवस्थाको अन्त्य भएन र त्यसको जिम्मेवार रुस हो भन्ने मलाई लागेमा माथिल्लो तहको प्रतिबन्ध लगाउन तयार हुनुपर्छ’, ट्रम्पले भने।

अमेरिकी राष्ट्रपतिको पदमा निर्वाचित भएदेखि नै युद्ध विरामको प्रयासमा लागेका ट्रम्पले यस बीचमा युक्रेनलाई दबाब दिँदै आएका थिए। उनलाई कतिपयले रुसप्रति लचिलो भएको आरोप लगाएका थिए। ट्रम्पले पहिलो पटक रुसलाई यसरी चेतावनी दिएका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन । तस्बिरः एजेन्सी

एनबिसीले गरेको फोन अन्तरवार्तामा ट्रम्प रुससँग अत्यन्त क्रोधित भएका थिए भने उनले जेलेन्स्कीलाई पनि तानाशाहको रूपमा व्याख्या गरे। जेलेन्स्कीले वार्ताको क्रममा त्यहाँको निर्वाचन रोकेर आफू पदमा यथावतै हुनका लागि प्रस्ताव गरेका छन्। यसले युक्रेनमा राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएको छ।

सम्बन्धित समाचार

सबै