सांसद भण्डारी : नेपालीहरू अनागरिक बन्दै गइरहेको सरकारलाई रोक्नुपर्छ

343 Shares

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालीहरू क्रमशः अनागरिक बन्दै गएको टिप्पणी गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पैसा कमाउने लोभ, देश छाड्ने होडबाजी र मानव बेचबिखनमा संलग्न दलालहरूको फन्दामा परेर नेपालीहरू अनागरिक बन्ने क्रम बढ्दै गएको बताए।

उनले सरकारलाई यस अवस्थालाई रोक्न आग्रह गर्दै नागरिकलाई अनागरिक बन्न दिन नहुने उल्लेख गरे। उनले लेखेका छन्, “सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन। आफ्ना नागरिकलाई हातमा हतकडी, खुट्टामा नेल लगाएर डिपोर्ट गर्ने व्यवहारबाट जोगाउनु पर्दछ।”

उनले देशमै सम्मानित जीवन बिताउने वातावरण सिर्जना गर्न सरकार र आम नागरिक सबैको दायित्व भएको बताए। साथै, देश बनाउन सबैले दुःख गर्नुपर्ने भन्दै स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार

सबै