
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार कर लागु गर्ने घोषणा गरेका छन्। ट्रम्पले नयाँ कर नियम अप्रिल २ देखि लागू हुने जानकारी दिएका छन्। पार्टपुर्जामा भने मे महिनादेखि भन्सार कर लागु हुने बताइएको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो निर्णयले अमेरिकाको कार उद्योगमा उल्लेखनीय वृद्धि हुने र रोजगारी तथा लगानी बढ्ने दाबी गरेका छन्। तर विज्ञहरूले ट्रम्पको निर्णयले अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा तनाव सिर्जना गर्न सक्ने र अमेरिका भित्र कारको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन्।
गत वर्ष अमेरिका करिब ८० लाख कार आयात गरेको थियो, जसको मूल्य लगभग २४० अर्ब डलर थियो। अमेरिका कार आयात गर्ने प्रमुख देशहरूमा मेक्सिको, दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी छन्। ट्रम्पको कदमले विश्वव्यापी कार व्यापार र आपूर्ति प्रणालीमा असर पर्ने सम्भावना देखिएको छ।