यमनमा हुथी विद्रोहीमाथि अमेरिकी आक्रमणबारे गोप्य सूचना चुहावटको दोष राष्ट्रिय सुरक्षा सल्लाहकारलाई

229 Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हुथी विद्रोहीमाथि गर्न लागेको आक्रमणबारेको गोप्य सूचना चुहावट भएको घटनाको जिम्मेवारी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले लिनुपर्ने बताउनुभएको छ ।

ट्रम्पका आफ्नै नजिकका अधिकारीले भुलबस द एट्लान्टिक पत्रिकाका सम्पादक जेफ्री गोल्डबर्गलाई शीर्ष अमेरिकी अधिकारीहरूसँग भइरहेको  ग्रुप च्याटमा आमन्त्रित गरेपछि घटनामा ट्रम्पको समेत आलोचना भइरहेको छ । तर ट्रम्पले यसबारे आफूलाई केही जानकारी नभएको र सम्पूर्ण जिम्मेवारी वाल्ट्जले लिनुपर्ने बताउँदै आउनुभएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले दुई महिनामा आफ्नो प्रशासनको यो एक मात्र गल्ती भन्दै आफ्नो बचाउ गरिरहनुभएको छ ।

यसैबीच, ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले गोप्य सूचना चुहावटको सन्दर्भमा पत्रकार गोल्डबर्गलाई ट्रम्प विरोधीको घोषणा गर्दै उहाँलाई कारबाही हुनुपर्ने बताउनुभएको छ । तर गोल्डवर्गले पत्रिका र पत्रकारलाई दोष लगाउनुको सट्टा ह्वाइट हाउसकै लापर्बाहीले घटना भएको भन्दै सिग्नल सुरक्षाबारे सोच्नुपर्ने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

द एट्लान्टिकले ग्रुप च्याटका सन्देशहरूको आधारमा यस महिनाको शुरूमा रक्षा सचिव पिट हेगसेथले यमनमा अमेरिकी हवाई हमलाको बारेमा जानकारी साझा गरेको देखिन्छ ।

सम्बन्धित समाचार

सबै