स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

296 Shares

काठमाण्डाै – स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्यूठानका चन्द्रबहादुर थापा क्षेत्री नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । थापा यसअघि बोर्डको सदस्य हुनुहुन्थ्यो ।

मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार ल्याएर आमनागरिकको पहुँच बढाउन आग्रह गर्नुभयो । बोर्डको निर्देशकमा विकास अर्थशास्त्री डा. रघुराज काफ्ले नियुक्त भइसक्नुभएको छ ।

सम्बन्धित समाचार

सबै