61
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय शिक्षा विभाग हटाउने प्रक्रिया सुरू गरेका छन्। उनले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै शिक्षा विभाग सकेसम्म चाँडै बन्द गर्ने घोषणा गरेका हुन्। बीबीसीका अनुसार, तर विभाग पूर्ण रूपमा खारेज गर्नका लागि कंग्रेसको सहयोग आवश्यक पर्नेछ।
शिक्षा विभागले क्याम्पस र विश्वविद्यालयका विद्यार्थीहरूको ऋण व्यवस्थापन गर्दै आएको छ भने कम आय भएका र अपाङ्गता भएका विद्यार्थीहरूलाई सहयोग प्रदान गर्ने गर्छ।
ह्वाइट हाउसले ट्रम्पको आदेश अभिभावक, राज्य र समुदायलाई सशक्त बनाउने उद्देश्यले ल्याइएको बताएको छ। तर, यो कदमले सबैभन्दा कमजोर विद्यार्थीहरूलाई समस्यामा पार्ने भन्दै आलोचना भइरहेको छ।
केही हप्तादेखि राष्ट्रपति ट्रम्पले शिक्षा मन्त्रालयका कर्मचारी कटौती गर्दै आएका थिए।