काठमाडौंमा चैत १५ गते गणतन्त्र समर्थकहरूको शक्ति प्रदर्शन हुने

242 Shares

काठमाडौं । समाजवादी मोर्चाले आउँदो चैत १५ गते गणतन्त्रको समर्थनमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। राजावादी शक्तिहरूको गतिविधिलाई चुनौती दिन उक्त प्रदर्शन आयोजना गर्न लागिएको हो।

आज बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै प्रदर्शनको मिति तय गरेको प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिए। उनका अनुसार, चैत १ गते बिहान बुद्धिजीवी र नागरिक समाजसँग परामर्श तथा छलफल कार्यक्रम गरिनेछ। सोही दिन दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् जनतालाई अपिल गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

यसअघि मोर्चाले चैत २४ गते प्रदर्शन गर्ने योजना बनाएको थियो। तर, परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रमलाई चैत १५ गते सारिएको मोर्चाले जनाएको छ।

सम्बन्धित समाचार

सबै