ट्रम्पको रूससँग निकटता: रणनीति कि व्यक्तिगत प्राथमिकता?

75 Shares

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दशकौंदेखिको अमेरिकी विदेश नीतिविपरीत रूससँग निकट हुँदै गएका छन्। युक्रेन–रुस युद्धका मुद्दामा ट्रम्प खुलेरै राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा उभिएको देखिन्छ।

उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसका कडा सर्तहरू स्वीकार गर्न दबाब दिइरहेका छन्। यसै क्रममा, फेब्रुअरी १२ मा ट्रम्प र पुटिनबीच ९० मिनेट लामो टेलिफोन वार्ता भएको थियो, जसपछि ट्रम्पले युक्रेनलाई युद्ध रोक्न रूसलाई भू–भाग हस्तान्तरण गर्नुपर्ने बताएका थिए।

ट्रम्पले युक्रेनलाई नेटो सदस्यता नदिने बताएका छन्, जुन अघिल्लो राष्ट्रपति जो बाइडेनको प्रतिवद्धताविपरीत छ। साथै, उनले जेलेन्स्कीलाई ‘तानाशाह’ भन्दै ह्वाइट हाउस बैठकमा स्पष्ट रूपमा आलोचना गरेका थिए।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासनले रूसलाई चीनबाट टाढा राख्ने रणनीति अपनाइरहेको संकेत दिएका छन्। तर, विश्लेषकहरू ट्रम्पको रूसप्रति झुकाव रणनीतिकभन्दा व्यक्तिगत प्राथमिकतासँग बढी जोडिएको बताउँछन्।

के ट्रम्प प्रशासनले रूसलाई चीनबाट अलग्याउने रणनीति अपनाउँदै छ, वा यो ट्रम्पको पुटिनसँगको व्यक्तिगत सम्बन्धकै परिणाम हो? यो प्रश्न अमेरिकी विदेश नीतिका लागि पेचिलो बन्दै गएको छ।

सम्बन्धित समाचार

सबै