पूर्वराजाले फेरि गल्ती गरे अस्तित्व नै समाप्त हुने प्रचण्डको चेतावनी

52 Shares

रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि गल्ती गरेमा अस्तित्व नै समाप्त हुने चेतावनी दिएका छन् ।

उनले विगतमा शाहले ठूलो गल्ती गरे पनि नेपाली जनताले कारबाहीको सट्टा उदारता देखाएर बस्न दिएको स्मरण गराउँदै, त्यसलाई कमजोरी ठानेर अर्को मूर्खता गरेमा गम्भीर परिणाम भोग्नुपर्ने बताए ।

‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’ अन्तर्गत बिहानीको मर्निङवाकपछि रौतहटको गरुडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले पूर्वराजालाई राजनीति नै गर्न चाहने हो भने पार्टी खोलेर चुनाव लड्न सुझाव दिए । राजसंस्था फर्किन असम्भव रहेको उल्लेख गर्दै, हल्लाखल्लाले इतिहासको दिशा परिवर्तन गर्न नसकिने बताए ।

अर्को सन्दर्भमा, उनले कुलमान घिसिङले सँधै घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणलाई नाफामा ल्याएको र देशभर लोडसेडिङ अन्त्य गरेको उल्लेख गर्दै, सरकारले उनलाई हटाउने प्रयास गरे नेपाली जनता चुप लागेर नबस्ने चेतावनी दिए ।

सम्बन्धित समाचार

सबै