183
Shares
काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा पारेर पलाउ पठाउन भारतको नयाँ दिल्ली हुँदै थाइल्यान्ड पुर्याइएका २० नेपालीको उद्धार गरिएको छ। थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार उनीहरूलाई उद्धार गरी आज नेपाल फर्काइएको छ।
दूतावासले नेपाली नागरिकलाई श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ।
“नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र विदेश जानुहोस्। कुनै प्रलोभनमा परी कानुनविपरीत छिटो धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया, लाओस, म्यानमार वा थाइल्यान्डलगायत मुलुकमा रोजगारीका लागि नजानुहोस्,” दूतावासले चेतावनी दिएको छ।