यो साता सेयर बजारमा सानो वृद्धि, विकास बैंक समूह अग्रस्थानमा

94 Shares

काठमाडौं । गत साता ७२ अंकले बढेको सेयर बजार यो साता भने जम्मा ३ अंक मात्र बढेको छ। २८१५ अंकमा रहेको बजार साता अन्त्यसम्म २८१८ अंकमा पुगेको छ।

यो साता पाँच दिन कारोबार भएकोमा चार दिन बजार घट्यो। आइतबार ७५.२४ अंकले बढेको बजार सोमबार १३.६१, मंगलबार ३०.३६, बुधबार २५.१६ र बिहीबार २.७० अंकले घट्यो।

बढी कारोबार सोमबार

यस साता सोमबार सबैभन्दा धेरै कारोबार भएको थियो। सो दिन १४ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ, जुन भदौ ९ यताकै उच्च हो। आइतबार १४ अर्ब २५ करोड, मंगलबार १२ अर्ब ९४ करोड, बुधबार १० अर्ब ९७ करोड र बिहीबार १० अर्ब १० करोडको कारोबार भएको थियो।

विकास बैंक समूहमा उल्लेखनीय वृद्धि

यो साता विकास बैंक समूह सबैभन्दा धेरै ३.१४ प्रतिशतले बढ्यो। जीवन बीमा, उत्पादन तथा प्रशोधन, र अन्य समूह २–२ प्रतिशतले बढे। बैंकिङ, फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स, होटल तथा व्यापार समूह भने घटेका छन्।

समूह गत साताको अंक यो साताको अंक वृद्धि/गिरावट (%)
बैंकिङ १४३१ १४१७ –०.९७
विकास बैंक ५७३१ ५९११ ३.१४
फाइनान्स २८०२ २७८२ –०.७१
हाइड्रोपावर ३८१८ ३७८८ –०.७८
जीवन बीमा १३९५७ १४२३८ २.०१
निर्जीवन बीमा १२९५४ १३१०१ १.१३
माइक्रोफाइनान्स ५२७३ ५२०३ –१.३२
होटल तथा पर्यटन ६७९० ६७६८ –०.३२
उत्पादन तथा प्रशोधन ७४६४ ७६१६ २.०३
लगानी ११४ ११४ ०.००
व्यापार ४२९३ ४२७४ –०.४४
अन्य २४७४ २५२५ २.०६

बढी वृद्धि भएका कम्पनीहरू

यो साता गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स ६१.०४ प्रतिशतले वृद्धि भई अग्रस्थानमा रह्यो।

कम्पनी हालको मूल्य (रु.) वृद्धिदर (%)
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स १६७२ ६१.०४
घलेम्दी हाइड्रोपावर ३०२ १४.८३
नारायणी डेभलपमेन्ट बैंक १८०० ११.६८
बोटलर्स नेपाल बालाजु २१,६०९ ११.३९
शिखर इन्स्योरेन्स ८६१ ९.७०
बरुण हाइड्रोपावर ५३३ ९.६७
सिन्धु विकास बैंक १२५९ ९.०१
दिव्यश्वरी हाइड्रोपावर ४०९.४० ८.६२
सामुदायिक लघुवित्त २४२२ ७.८८
सप्तकोशी विकास बैंक १२२५ ७.७४

बढी कारोबार भएका कम्पनीहरू

हिमालयन रिइन्स्योरेन्स ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबारसहित पहिलो स्थानमा रह्यो। नेपाल पुनर्बीमा, सिन्धु विकास बैंक, घलेम्दी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, नारायणी डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी, साहस ऊर्जा, एचआईडीसीएल उच्च कारोबार भएका कम्पनीहरूमा परे।

धेरै घटेका कम्पनीहरू

यो साता समाज लघुवित्त १६.१९ प्रतिशतले घटेर सबैभन्दा बढी गिरावटमा रह्यो।

कम्पनी हालको मूल्य (रु.) गिरावट दर (%)
समाज लघुवित्त २९६६ –१६.१९
सपोर्ट माइक्रोफाइनान्स २८८० –१२.११
मानुषी लघुवित्त १९४० –११.७८
अपरहेवाखोला हाइड्रोपावर ८७८ –११.६१
लाइफ इन्स्योरेन्स नेपाल ११८० –१०.६७
धौलागिरि लघुवित्त १७०६ –९.५४
नेपाल हाइड्रो डेभलपर्स ९०४ –९.३८
सिर्जनशील लघुवित्त २४४९ –८.११
नेपाल रिपब्लिक मिडिया ५३८.५० –७.६३
इमर्जिङ नेपाल १२७२ –७.५६

आगामी साता बजार कस्तो रहला?

साताको अन्तिम चार दिन बजार घटे पनि लगानीकर्ताहरूले यसलाई ‘करेक्सन’का रूपमा लिएका छन्। तर करेक्सनको आकार सानो रहेकोले अझै केही अंकको करेक्सन आउन सक्ने देखिन्छ।

फागुन १ गते २६७८ अंकमा रहेको बजार फागुन १८ गते २८९० अंकसम्म पुगेको थियो। त्यसपछि लगातार २१२ अंक बढेको बजार पछिल्ला चार दिनमा ७१.८३ अंकले घटेको छ। करेक्सन पूरा भए/नभएको कुरा आगामी साताको सुरुवाती कारोबारले स्पष्ट गर्नेछ।

सम्बन्धित समाचार

सबै