प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दै

245 Shares

काठमाडौं – प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज (शुक्रबार) बस्ने भएको छ। प्रतिनिधिसभा अपराह्न १ बजे र राष्ट्रियसभा सवा १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। ऊर्जा मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछन्।

राष्ट्रियसभा बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर हुनेछ, जसमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९/८० को छैटौँ वार्षिक प्रतिवेदन पेस गर्ने छन्। अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव राख्ने कार्यसूची रहेको छ।

सम्बन्धित समाचार

सबै