काठमाडौं । कुलमान घिसिङलाई हटाए हजारौँ कुलमान ल्याउने रास्वपाको चेतावनी

73 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए हजारौँ कुलमान ल्याउने चेतावनी दिएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद मनिष झाले घिसिङलाई शून्यमा मूल्यांकन गर्नु अन्यायपूर्ण रहेको बताए ।

‘नाफामा गएको कम्पनीका नेतृत्वकर्तालाई शून्यमा मूल्यांकन गरिन्छ ? उनलाई हटाउने बहानामा आफ्नो कार्यकर्ता भर्ती गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘हामी खबरदार गर्छौँ, एउटा कुलमानलाई लखेट्यौ भने हजारौँ कुलमान ल्याउँछौँ ।’

सम्बन्धित समाचार

सबै