249
Shares
काठमाडौँ – अमेरिका सरकारले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाएको छ। साथै, चीनविरुद्ध नयाँ १० प्रतिशत लेवी पनि लागू गरिएको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब क्यानडा र मेक्सिकोसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन्।
यसको प्रत्युत्तरमा क्यानडाले अमेरिकाबाट आयात हुने घरायसी सामान, सुन्तलाको जुस, वाइन, स्प्राइड, बियर र कफीमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको छ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकाले कर लगाउनुको कुनै औचित्य नभएको बताउँदै यसको विरोध गरेकी छन्। उनले मेक्सिकोले पनि अमेरिकी सामानमा कर लगाउने विषयमा विचार गरिरहेको बताएकी छन्।