संसद् बैठकमा भूमि अध्यादेशबाहेक अन्य अध्यादेश पारित गर्ने तयारी

63 Shares

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई भोलि दिउँसो १ बजे बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्।

सरकारले भूमि अध्यादेश बाहेक अन्य अध्यादेशहरू पारित गर्न संसद्मा पेश गर्ने तयारी गरेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भूमि अध्यादेशको पक्षमा नदेखिएपछि सरकारले उक्त अध्यादेश रोकेर अन्यलाई पारित गर्ने प्रक्रियामा लैजान लागेको हो।

यसअघि सरकारले संसद्मा सुशासन प्रवर्द्धन, आर्थिक कार्यविधि, निजीकरण संशोधन, आर्थिक तथा व्यावसायिक वातावरण सुधार, र सहकारीसम्बन्धी नेपाल ऐन संशोधन गर्नेसहितका अध्यादेशहरू टेबल गरेको थियो। अब भोलिको बैठकमा यी अध्यादेशहरू स्वीकृतिका लागि पेश गरिँदैछ।

संविधानअनुसार संसद् अधिवेशन शुरू भएको ६० दिनभित्र अध्यादेश पास गर्नुपर्ने व्यवस्था छ, जसअनुसार अहिले बाँकी अवधि २७ दिन मात्र रहेको छ।

सम्बन्धित समाचार

सबै