अर्थ मन्त्रालयद्वारा २०८२/८३ को बजेट तर्जुमा मार्गदर्शन जारी

485 Shares

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमासम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ८ (१) अनुसार जारी गरिएको मार्गदर्शनमा स्रोत व्यवस्थापनको दबाव तथा सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि गर्दै आर्थिक गतिविधि विस्तार गर्न आवश्यक रहेको उल्लेख छ ।

मन्त्रालयले आयोजना तथा कार्यक्रमहरूको प्राथमिकता निर्धारण गर्दा मार्गदर्शनमा समेटिएका विषयहरूलाई गम्भीरतापूर्वक ध्यान दिन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

सबै